राजेन्द्रको प्रगतिमा, सहकारीको साथ
बासुदेव ढकाल,
विदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग गर्न पाउँदा सूसी भएका राजेन्द्रलाई रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा व्याज अनुदानमा अन्धकारमुक्ति बचत तथा ऋण हकारी संस्थाले ऋण प्रबाह गरेपछि उनको व्यवसायी बन्ने सपना पूरा भएको छ । गाउँघरमा सबैले राजेन्द्र भनेर सजिलै चिन्ने हुम बहादुर पौडेलले कालीगण्डकी करिडोर स्थित कालीऑपको आफ्नै जग्गामा डेलिसियस आइसक्रिम एण्ड बरफ़ उद्योग संचालन गरेका हुन् ।
छंदा घरको कमजोर आर्थिक अवस्थाका कारण पढाई छोडेर विदेश पसेका राजेन्द्र ३ वर्ष भारतको मुम्बई, १७ वर्ष पूएईको दुवैमा बिताए। "बिदेशमा रहंदा राम्रै कमाई गरे, जग्गा जोडे, घर किने, गाडी जोडे, घर चलाउने पैसा पनि निर्वाह हुन्थ्यो होला, त्यो कसैले देख्दैन, कसैले चिन्दैन, त्यसै बसेर समय बित्दैन परिवारले सिक्दैन भनेर आफूले जाने सिकेको पेशा चालौं भनेर आइसक्रिम उद्योग सुरु गरेको हुँ,” गर्दागर्दै ज्योगको कुल लगानी ५५ लाख पुगेकोछ, रामपुर नगरपालिकाको युवा स्वरोजगार कार्यकम अन्र्तगत २ बर्षे व्याज अनुदानमा अन्धकारमक्ति बचत तथा ऋण सहकारीबाट २७ लाख ऋण लिएको छु "उनी भन्दछन बिदेशको कमाइले मन नरमाएका उनी फेरि आफ्नै देश, आफ्नै गाउठाँउमा केही गर्नु पर्छ मन्ठानेर यस्तो व्यबसाय सुरु गरेको हुँ ।
विदेशमा हुदाँ होटल लाईन, कनस्टक्सन र ड्राइभर सिपका साथै माइसक्रिम बनाउने सिप सिकेका उनले गत वर्षको फागुन देखि आफ्नै पूर्ण लगानी र मेहनतमा डेलिसियस आइसक्रिम एण्ड बरफ उद्योग सन्चालन गरेका छन । आजभोलि आफू गाडी चलाउछन । सिजनमा घर परिवारले उद्योग हेर्छन । उनको ज्योगमा चोकोवार, मिनीचोकोवार, कप, कर्नेटो, सोली कुल्फी, चक्लेट, वाटर स्कोच किम आइटमका आइसक्रिम तथा भनिला, स्टवरी म्याङ्गो, ओरेन्ज, ग्रिन म्याङ्गो आइटमका बरफ उत्पादन गरी विकी हुन्छ ।
विदेशमा सिकेको सिप ५ वर्ष वालिङ्गमा आफन्तसंगको साझेदारीमा गरेको व्यबसायको अनुभव लिएर आफ्नै गाँउठाँउमा केही गर्नु पर्छ भनेर सुरु गरेको यस व्यावसायबाट सिजनमा दैनिक उद्योगमा आइसक्रिम बरफका आइटम बनाउने, हिसाबकिताब गर्ने तथा बजारमा गरी १५ जनाले रोजगारी पाएका छन । मौसम अनुसार फागुन चैत्रदेखि कार्तिक/ मंसिर महिनासम्म आठ महिना पूरा सिजन हुने उद्योगको सिजनमा दैनिक ५ हजारदेखि २५ हजारसम्मको कारोबार हुने बताउँदै उनी भन्छन: "सिजनमा त राम्रो कारोबार हुन्छ कारोबार अनुसार आम्दानी हुन्छ । लगानी थोरै, आम्दानी राम्री देखेपछि घर परिवारबाट पनि राम्रो साथ सहयोग पाएको छ। सुरुमा मिस्त्री राखेर काम सुरु गरेको हैं पछि त हामी परिबारचाटै माल बनाउन बाल्यी । श्रीमती र म सामान उत्पादन गडी छोरी पुनमले हिसाव किताव राख्छिन । बजारमा बेच्ने पनि छन । सिजनमा म आफै खट्छु । "
सुरुमा हुन्छ कि हुँदैन भनेर परिवारले दोमन गर्ने, दुख मात्रै हो कि भन्ने राजेन्द्रको श्रीमती विष्णु मायाले पनि कुराकानीमा खुसी हुदै भन्नुहुन्छ : पहिला त दुख मात्रै हो कि भनेकी थिएँ गर्दै जाँदा गएको सिजनमा राम्रो आम्दानी भयो कमाइ पनि भयो मासिक ५०/५५ हजारको सहकारीको किस्ता बुझाउन समस्या भएको छैन । काम गर्दै जादा काम सिकेर हामी आफै माल बनाउन जान्यौ पनि मिस्त्रीको खर्च पनि बचेको छ "
चार सदस्य परिवारमा आफू आफ्नै गाडी चलाउँछन साँझ बिहान उद्योग हेर्छन, मेहनती उनको श्रीममी बिष्णु माया उद्योगमा सामान उत्पादन गर्नुहुन्छ। १२ पढेकी छोरी पुनम कारोवार हिसाबकिताब राख्छिन । ८ कक्षा पढ्ने छोरी प्रतिभा र ६ कक्षा पढ्ने छोरा प्रबिन बिदाको बेला उद्योगमा सघाउँछन । कुराकानीको सिलसिलामा अलि भावुक हुँदै राजेन्द्र भन्छन "लामो समय विदेशमा अर्काको काम नोकरी गरी बिताएकालाई आफ्नै काम, आफ्नै परिवारसंग बसेर काम गर्दाको क्षण सबै दुख विर्सिन्छ, परिवारमा पनि खुसी उर्जा आउंदो रहेछ। परिश्रम गरेर काम गर्दा छोराछोरीलाई पनि काम र घर व्यवहार सिक्ने केही गर्नु पर्छ भन्ने भावना आउने र पैसा कमाउँदाको मेहनत महसुस गरे पनि फजुल खर्च पनि नहुँदो रहेछ।" हिजो विदेशमा मैले कमाई गर्दा खर्च गर्न केहीझै नमान्ने परिवार अहिले आफै व्यापार गर्दा पैसा खर्च गर्न हिसाव गरेको देख्दा खुसी मानेको छ।
सिजनको पेशाले खर्च धान्ला त भन्ने प्रश्नमा उनी भन्छन " मेरो नियमित गाडीको काम छदैछ। आठ महिना उद्योगमा खटिन्छौ । बेशिजन जाडोको समयमा परिवार घरका काम खेतीपाती इष्टमित्र भेटघाटमा बित्छ रमाइलो नै छ। खुसी नै छौ * मेरो पसल जक्सनमा छ त्यसैले अव जाडो कफी सप र गमर्मी समयलाई आईसक्रिमसगै जुस थप्ने योजनामा छु । रामपुरमा राजेन्द्रको डेलीसियस आइसक्रिम तथा बरफ उद्योग जस्तै अन्य पाँचवटा उद्योग संचालनमा छन । तर उनलाई बजारको खासै समस्या छैन । गुणस्तरीय र धेरै फरक फरकका आईटममा सामग्री भएपछि समस्या नहुँदो रहेछ। शहर उन्मुख रामपुरको जनसंख्या राम्रो छ बजार बढ्दो छ। "हामी साहू बनेर बस्दैनौ आफै आफ्नो काम गच्छी। गएको एकादशी बजारमा भाइहरुले छुट्टै बेचे, आफैले पनि एकै दिनमा २५ हजारको बेचे, कसैले त साह आफैले काम गर्न सुहाएन पनि भने आफ्नो काम पेशा गर्न के को लाज चोर्न, ठग्न पो भएन।